जे भए पनि कलाकार हुँ, क्यामेराअघि नै मर्न चाहन्छु

रहरसँगै कहिलेकाहीँ जीवनको बाटो नै बदलिन्छन्। अभिनेत्री निरुता सिंहको जीवन–रहर पनि त्यस्तै भए। सानैबाट हिरोइन् बन्ने रहर बोकेकी हिँडेकी सिंह कुनै बेला नेपाली फिल्म उद्योगमा चल्तीकै हिरोइन् भइन्।

नेपाली सिनेक्षेत्रमा उनको यात्राले गति लिँदै गर्दा रहर फेरिए। अनि, उनी अभिनय छोडेर ‘इन्टेरियर डिजाइनर’ बनिन्।

फिल्म ‘दक्षिणा’ (१९९४) बाट अभिनय यात्रा प्रारम्भ गरेकी सिंहले जीवनमा ६५ बढी नेपाली फिल्ममा काम गरिसकेकी छन्। दर्पण छाँया, दुःख, बन्धकी, आफ्नो मान्छेलगायत दजर्नौं सुपरहिट फिल्म दिएकी निरुता दार्जिलिङकी भए पनि उनले कर्मथलो नेपाल बनाइन्। तर, रहरै रहरका बीच उनी एकाएक मुम्बई हान्निइन्।

एक समय नेपाली फिल्म उद्योगमा निरुताकै हालिमुहाली थियो। उनी नेपाली फिल्म बजारकी ‘स्टार’ अभिनेत्री थिइन्। तर, एकाएक फिल्म बजारबाट गुमनाम भइन्। पेसा परिवर्तन गरिन् र मुम्बईमा ‘इन्टेरियर डिजाइनर’बनेर रमाउन पुगिन्।

प्रकाशित मिति: : 2019-11-13 20:42:46

प्रतिकृया दिनुहोस्