मन्त्रिपरिषद् पुनर्गठन : बाहिर चर्को हल्ला, बालुवाटार मौन !

काठमाडौँ– एक सातायता प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मन्त्रिपरिषद् हेरफेर’ गर्ने चर्चा धेरै चले पनि बालुवाटार भने यस विषयमा मौन छ । ‘तपाईंहरूले खोजेको विषयमा कुनै छलफल भएन । नखोजेको विषयमा मात्र छलफल भयो, यो समाचार हुँदैन होला’, सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठकबाट बाहिर निस्कँदै गर्दा नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीले सोध्नै नपाई जवाफ दिएका थिए । धेरै सञ्चारमाध्यममा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न सचिवालय बैठक बोलाएको समाचार आएपछि नेता श्रेष्ठले सञ्चारकर्मीले आफूलाई सोध्ने प्रश्न बुझेर नै त्यसो भनेका थिए । 

प्रकाशित मिति: : 2019-11-13 17:32:40

प्रतिकृया दिनुहोस्