माथिमाथि पार्क, मुनिमुनि पार्किङ

घिल्लो साता मेयर विद्यासुन्दर शाक्यलाई सम्बोधन गर्दै लेखेको लेखमा हामीले काठमाडौंको भित्रीसहर सवारीमुक्त गर्न टुँडिखेलमुनि विशाल भूमिगत पार्किङ निर्माण गर्न सकिने कुरा गरेका थियौं। (हेर्नुहोस्: प्रिय विद्यासुन्दरजी, आफ्नो छवि सुधार्ने यो मौका नगुमाउनुस्)

माथि हराभरा पार्क र मुनि पार्किङ बनाउने हो भने स्थानीय बसोबासी र मध्यसहर आउनेका लागि गाडी राख्न सहज हुने सहरी विकास योजनाकार पद्मसुन्दर जोशीको सुझाव थियो।

महानगरको सहरी योजना आयोगका अध्यक्ष सरोज बस्नेतले पनि भूमिगत पार्किङबारे छलफल भइरहेको बताएका थिए।

लेख छापिएपछि पार्किङको पर्यावरणीय प्रभावबारे धेरैले चासो देखाए — टुँडिखेल भनेको बर्खाको पानी सञ्चित भएर जमिन ‘रिचार्ज’ हुने ठाउँ हो। यहाँ जम्मा हुने भूमिगत पानीले काठमाडौंका इनार र ढुंगेधारा रसाउँछन्। हराभरा पार्क बनाउने भनिएको खुला मैदान भित्रभित्रै खनेर पार्किङ बनाउँदा भूमिगत पानीको सतह खल्बलिँदैन र?

प्रकाशित मिति: : 2019-11-13 17:02:07

प्रतिकृया दिनुहोस्