कांग्रेसः नाकाबन्दीमा मौन, सीमा अतिक्रमणमा आक्रामक

काठमाडौं । संविधान घोषणाको दिन नजिकिँदै गर्दा तराई–मधेशमा तनाव र विरोधका गतिविधिहरु बढ्दै थिए । मुलुक संघीय संरचनामा लैजाँदा सिमांकन हेरफेरको विषयमा प्रमुख दलहरु र तराई केन्द्रित दलहरुबीच विवाद बढ्दै गएको थियो । 

आफूहरुको माग सम्बोधन नभएसम्म संविधान जारी नगर्न मधेस केन्द्रित दलले गरेको आग्रह त्यसबेलाका प्रमुख राजनीतिक दलले मानेनन् । तर पनि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो ।
संविधान जारी हुनुपूर्व भारतले पनि सबै राजनीतिक दलको चासो सम्बोधन गरेर मात्रै संविधान जारी गर्न सन्देश पठाएको थियो । तर त्यो सन्देशलाई पनि नेपालका प्रमुख राजनीतिक दलले अस्वीकार गरिदिए ।

तोकिएको समयमै संविधान जारी गरे ।नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो । लगत्तै तराई–मधेश केन्द्रित दलहरुले संविधान नमान्ने घोषणा गर्दै प्रदर्शन सुरु गरे भने भारतले सीमा क्षेत्रमा कडाइ गर्न थाल्यो ।

प्रकाशित मिति: : 2019-11-13 16:57:01

प्रतिकृया दिनुहोस्