सीमास्तम्भ ढलेको चारमहिना पुग्यो, सरकारलाई छैन मतलब

कपिलवस्तु : गत साउन महिनामा आएको बाढीले ढालेका नेपाली सीमा स्तम्भहरु हालसम्म पनि पुर्ननिर्माण गरिएका छैनन्।  देशैभर सीमा विवाद भईरहदा विगत ४ महिना अघि आएको बाढीले ढालेका सीमा स्तम्भको अझै मर्मत एवं संरक्षण हुन सकेको छैन्। नेपाल÷भारत सीमा छुट्याउने अर्ररा नदी किनारमा स्थापना गरिएका ५ वटा सीमा स्तम्भ बाढिका कारण ढलेका हुन्। विजयनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका ती स्तम्भहरुको सरकारी निकायबाट निरीक्षण गरिएपनि मर्मत तथा पुर्ननिर्माणबारे चाँसो देखाइएको छैन्। विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७।७ र त्यस्को ५ सयमिटर उत्तर दूरीमा रहेको पिलर नं. ५७८।१० पानीमा लडेका छन्। गाउँपालिकाको वार्ड नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमामा रहेको पिलर नं. ५७७।७ र ५७७।९ पनि ढलेकै अवस्थामा छन्। ५७७।९ नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७।७ को आधा भाग पानीमा डुबेको छ। विजयनगर गाउँपालिका १, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको स्थानियको भनाइ छ।

प्रकाशित मिति: : 2019-11-13 11:19:49

प्रतिकृया दिनुहोस्