कालापानी क्षेत्रमा सुरक्षा शून्य

दार्चुला : भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने शून्य छ। नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ नक्साअनुसार नेपाल-भारत सीमा वारिपारि कौवा र गुञ्जी क्षेत्र पर्छ । नेपालतर्फको ठाउँ कौवा हो भने भारततर्फको गुञ्जी। कौवाबाट कालापानी नौ किलोमिटर उत्तरमा पर्छ । यी दुई विन्दुबीच भारतका आधा दर्जन सुरक्षा अंग छन्।

नेपालतर्फ भने कौवाबाट १० किलोमिटर वर गागामा सीतापुल चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने ती ठाउँमा सुरक्षा निकायहरूको उपस्थिति बढाउँदै लगेको छ । त्यस क्षेत्रमा भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन्। कालापानी क्षेत्रमा आफ्ना सैनिक राखेदेखि नै भारतीय पक्षले नेपालीलाई आवतजावतमा अवरोध गर्दै आएको छ । यो नाकाबाट भारत-चीन व्यापार सुरु भएदेखि नेपालीलाई असहज भएको हो ।

प्रकाशित मिति: : 2019-11-12 10:47:22

प्रतिकृया दिनुहोस्