ट्राफिक प्रहरीले नै ताेड्छन् सवारी नियम, रवाफ कि बाध्यता ?

काठमाडौं । सर्वसाधारणले सवारी नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कारबाही गर्छ । तर जब ट्राफिक प्रहरीबाटै नियम मिचिन्छ, कसले कारबाही गर्ने ?

यही प्रश्न मनमा उब्जिन्छ, जब हाफ बार भएका मिनी (वान टन) ट्रकमा ट्राफिक प्रहरी निर्धक्क यात्रा गरिरहेका देखिन्छन् । ट्राफिक नियमानुसार ट्रकमा यात्रु बोक्न पाइँदैन किनभने यो मालबाहक सवारी हो । ट्रकको पछिल्लो भागमा असुरक्षित तवरले कुनै सर्वसाधारण यात्रुले यात्रा गरे ट्राफिकले चालकलाई त कारबाही गर्छ नै यात्रुलाई पनि ओरालेर सचेत गराउँछ । 

तर त्यही काम ट्राफिक प्रहरीले गर्दा कसले समात्ने ? त्यसैले त मानिसहरूलाई लाग्छ, ‘सानालाई ऐन, ठूलालाई चैन ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल मिनीट्रकमा यात्रा गर्नु ट्राफिक प्रहरीको बाध्यता भएको बताउँछन् । उनका अनुसार, कहिलेकाहीँ आकस्मिक रूपमा धेरै स्थानमा जनशक्ति पुर्‍याउनुपर्ने भयो भने महाशाखाको ट्रक प्रयोग गरिन्छ ।

प्रकाशित मिति: : 2019-11-12 10:39:43

प्रतिकृया दिनुहोस्