शंकर दादाः जसले राजधानीमै कब्जा गरेका छन् पाँच विघा जमिन

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरभित्र झण्डै पाँच विघा जमिन अनधिकृत रुपमा कब्जा गरी एक जनाले जोतभोग गर्दै आएका छन् । हाल विराटनगर महानगरपालिका–८ बलुवाहीमा पर्ने झण्डै पाँच विघा जमिन जतुवाका ५० वर्षीय शंकर यादवले ३१ वर्षदेखि कब्जा गरेका हुन् ।

विभिन्न व्यक्तिका नाममा रहेका जग्गा उनले अनधिकृत रुपमा कब्जा गरेका छन् पीडितले आफ्नो नाममा रहेको जग्गा उपभोग गर्न पाएका छैनन् भने स्थानीय प्रशासन पनि बेखबर झैं बनेको छ । शंकर दादाका नामले चिनिने शंकर यादव स्वयं विभिन्न व्यक्तिको जग्गा आफ्नो अधिनमा रहेको स्वीकार गर्छन् । जग्गा फुकुवाको शर्तमा उनले प्रतिकठ्ठा एक लाख रुपैयाँ माग गरेका छन् ।

प्रकाशित मिति: : 2019-11-12 10:28:13

प्रतिकृया दिनुहोस्