सोमबार, १५ डिसेम्बर २०२५

चोरीका टोयोटा 'फर्चुनर' वैधानिक प्रकरण-२ : २५ लाख भारुमा किनेर प्रतिगाडी ६० लाख रुपैयाँमा 'डिल'

News Image
तस्बिरः नेपाललाइभ
• • •

काठमाडौं- भारतबाट चोरी गरेर ल्याई नेपालमा वैधानिक बनाइएका गाडी २५ लाख भारतीय रुपैयाँमा किनिएको पाइएको छ। चोरी गरेर ल्याउनेले टोयोटाको नयाँ दुईवटा 'फर्चुनर' कार जम्मा २५ लाख भारतीय रुपैयाँमा (४० लाख रुपैयाँ) गिरोहले किनेको भेटिएको हो। 

उक्त कारमा यातायात कार्यालयको कर्मचारीको संलग्नतामा नम्बर प्लेटसमेत लगाई सकिएको थियो। यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा वैधानिक रुपमा दर्ता भएका ती सवारीलाई सरुवा सहमति (स्थानान्तरण) दिइसकिएको राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट खुलेको छ। वैधानिक रुपमा दर्ता भएका गाडीलाई सरुवा सहमति दिइएसँगै चोरीका गाडीमा उल्लेखित नम्बर स्वतः वैधानिक बनाउन खोजिएको देखिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!