प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच ‘बोलचाल बन्द’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवबीच विवाद बढेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) मा उपकुलपति नियुक्ति प्रकरणदेखि सुरु भएको विवाद बोलचाल नै बन्दको अवस्थासम्म पुगेको हो। दुई नेताबीच पछिल्लोपटक तीन महिना पहिले आमने-सामने कुराकानी भएको थियो। त्यसयता मन्त्रिपरिषद्‍ बैठकमा हुने भेटबाहेक दुई नेताबीच एकापसमा संवाद पनि नभएको स्रोतले बताएको छ।  संविधान संशोधनको शर्तमा दुई बुँदे सहमतिमा हस्ताक्षर गरेर सरकारमा गएका उपेन्द्र यादवमाथि प्रधानमन्त्रीबाटै समयावधी दिएरै पद त्याग्न  दबाब दिएको स्रोतले जनाएको छ। यादवमाथि मन्त्रिपरिषदको बैठकमा उपस्थित नहुने, मन्त्रालयको काम भन्दा विदेश घुम्न रमाउने, मन्त्री भएर सरकारकै विरोधमा बयानबाजी गरेको जस्ता कारणले यादवसँग ओली रुष्ट बनेका हुन्। ‘यही ढंगले अगाडि बढ्ने हो भने तपाईं सरकार छोड्नुस्’, प्रधानमन्त्रीले ओलीले मन्त्री यादवलाई एक साताअघि यस्तो सन्देश पठाएको खुलेको छ।  

प्रकाशित मिति: : 2019-11-06 14:23:18

प्रतिकृया दिनुहोस्