बैंकिङ व्यवसाय : जान्दा मस्ती, नजान्दा सास्ती !

नेपालमा अहिले २८ वटा वाणिज्य बैंक, २८ वटा विकास बैंक, २२ वटा वित्त कम्पनी र ८९ वटा लघुवित्त वित्तीय संस्थालगायत मर्चेन्ट बैंक, कर्मचारी सञ्‍चय कोष, नागरिक लगानी कोष र २८ बिमा कम्पनीहरूका साथै वित्तीय कारोबार गर्ने कम्पनीहरू सञ्‍चालनमा रहेका छन्। बैंकिङ व्यवसाय वि.सं.१९९४ बाट सुरु भए पनि वि.सं.२०६३ देखि आधुनिक बैंकिङ प्रणालीको विकास भएको मानिन्छ। बैंकिङ व्यवसाय अहिले पेसा बनिसकेकोले नेपालमा बैंकिङ क्षेत्रको भूमिका र महत्व बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन्। यसै परिप्रेक्षमा वित्तीय पहुँचका विविध सूचकहरूको अध्ययनले बैंक तथा वित्तीय संस्थाहरूमा एक व्यक्तिको एकभन्दा बढी रहेका खाताहरूलाई हटाएर एक व्यक्ति एक खाताको अवस्था हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या भएको देखिन्छ। यो संख्या नेपालकोे कुल जनसंख्याको ६०.९ प्रतिशत हुन आउँछ। तसर्थ नेपालमा कम्तीमा ६०.९ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको देखिन्छ। यसमा लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्दछ।

प्रकाशित मिति: : 2019-11-04 14:10:51

प्रतिकृया दिनुहोस्