धरहरा पुननिर्माणमा किचलो, महानगरमाथि ४० करोडको मुद्दा !

Photo Credit :Onlinekhabar

भूकम्पले भत्काएको धरहरा पुनर्निमाणको काम सुरु भएको डेढ वर्षभन्दा बढी भयो । सिसाभित्रको आकर्षक टावरको रुपमा धरहरालाई फेरि उभ्याउने काममा सुस्त गतिमा भइरहँदा काठमाडौं महानगरपालिका मुद्दाको किचलोमा फसेको छ ।

धरहरा ढल्नुअघि त्यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले महानगरविरुद्ध ४० करोड रुपैयाँ क्षतिपूर्ति दावी गर्दै मुद्दा हालेको छ । धरहराको व्यवसायिक प्रयोजनका लागि काठमाडौं महानगरपालिका र साइड वाकर्सबीच ०६१ सालमा सम्झौता भएको थियो । सम्झौता पत्रअनुसार म्याद अझै ६ वर्ष बाँकी छ ।

 तर, धरहरा ढलेपछि महानगरपालिकाले एकतर्फी रुपमा सम्झौता रद्द गर्‍यो । त्यसबाट आफूलाई हानी भएको भन्दै अहिले ठेकेदार कम्पनीले ४० करोड क्षतिपूर्ति दावी गरेर मुद्दा हालेको मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।

‘धरहरामा हिजो जोसँग सम्झौता गरेर काम गरेका थियौं, उसले ४० करोडको मागदावी गरेको छ । अदालतबाटै पत्र आएको छ,’ अनलाइनखबरसँगको कुराकानीमा मेयर शाक्यले भने ।

 

प्रकाशित मिति: : 2019-11-03 13:19:56

प्रतिकृया दिनुहोस्