तरूण दल नेतालाई डिएसपीको फोन- तेरो र मेरो वार भयो भाइ...तिघ्रा छेडिदिन्छु

डिएसपी- हेलो।

केशर- हेलो, हेलो। हजुर दाइ नमस्कार।

डिएसपी-कहाँ हुनुहुन्छ तपाईं?

केशर- हजुर, पार्टी कार्यालय छु दाइ।

डिएसपी- ए। कहाँ पार्टी कार्यालयमा हो तपाईं? ए मलाई भेट्न आउन सक्नुहुन्छ तपाईं?

केशर-कहाँ दाइ?

डिएसपी- मकहाँ आउन सक्नुहुन्छ?

केशर- एक घन्टा जति लाग्ला दाइ।

प्रहरी-के रे?

केशर- एक घन्टा जति लाग्ला दाइ एक घन्टा।

डिएसपी- अ…। गतिविधि नराम्रो गरिराछस् रे नि त, भाइ तैंले त गतिविधि फुक्दै हिँडिराछस् रे भन्ने कुराचाहीँ आयो मलाई।

केशर- के भो दाइ?

प्रहरी- गतिविधि त फुक्दै हिँडिराछस् रे त मेरो बारेमा, सुन्दैछु।

केशर- कस्तो गतिविधि भन्नाले?

डिएसपी-मेरो सरुवा गर्नलाई लाछस् रे त भाइ, तैंले त हैन?

केशर- हे हे दाइ, म गरिबको के हैसियत हुन्छ र?

डिएसपी-अँ तैंले गरेर मेरो सरुवा हुने भो त?

केशर- खै दाइ?

प्रकाशित मिति: : 2019-11-02 07:30:55

प्रतिकृया दिनुहोस्