राज्यकोषबाट तलब भत्ता खानेले जनतालाई ढाँट्न मिल्छ ?

सन् १९५३ देखि १९६१ सम्म अमेरिकाको राष्ट्रपति बनेका आइजन हावर कार्यकालको अन्तिम समयतिर विभिन्न रोगबाट ग्रसित थिए । पटक पटकको हृदयाघातका कारण उनको दाहिने हात चल्दैनथ्यो ।

त्यो बेला अमेरिका विभिन्न देशसँगको युद्धमा थियो । भर्खरै सकिएको दोस्रो विश्वयुद्धपछिको अवस्था व्यवस्थापन गर्नुपर्ने परिस्थिति थियो । राष्ट्रपति इसनआवरले पटकपटक प्रेससँग भेटघाट गरेका थिए । उनी ह्वील चेयरमा हिँड्थे । तर, उनी ह्वीलचेयरमा बसिरहेको तस्वीर कहीँ कतै सार्वजनिक भएन । र, उनी यस्तो अशक्त छन् भन्ने सन्देश पनि प्रवाह भएन ।

सन् १९४० देखि १९४५ सम्म र सन् १९५१ देखि १९५५ सम्म विन्ष्टन चर्चिल बेलायतको प्रधानमन्त्री बने । उनको पहिलो प्रधानमन्त्रीत्वकालमा बेलायत–अमेरिका गठबन्धनले दोस्रो विश्वयुद्ध जित्यो । जापान–जर्मनी गठबन्धन पराजित भयो ।

प्रकाशित मिति: : 2019-11-01 19:47:17

प्रतिकृया दिनुहोस्