प्रदेशकै उत्कृष्ट प्रहरी जुवाको पैसा लुकाएपछि निलम्बनमा

पोखरा । अपराध अनुसन्धानमा प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित एक प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् । निलम्बनमा परेका असई सन्तोष सुवेदी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए । सुवेदी गत असोज २५ गते ६३ औँ प्रहरी दिवसमा अनुसन्धान विधामा प्रदेशकै उत्कृष्ट हुँदै प्रहरी प्रधान कार्यालयबाट सम्मानित समेत भएका थिए ।

यस्तै, गएको जेठ २९ मा पोखरास्थित उत्तमचोकमा मध्यदिनमा प्रहरीले गोली चलायो । प्रहरीले लागुऔषध कारोबारीसँगको प्रतिकारमा गोली चलाएको बतायो । त्यतिबेला प्रहरीको नेतृत्व उनै सुवेदीले गरेका थिए । प्रहरीको समूहले क्याफेमा रहेका लागुऔषध कारोबारीलाई गोली चलाएको थियो । उक्त घटना पनि प्रहरीले स्टन्ट देखाउन खोजेको भन्दै विवादित बनेको थियो ।

प्रकाशित मिति: : 2019-11-01 19:30:12

प्रतिकृया दिनुहोस्