उपनिर्वाचन सरगर्मी : कतै उम्मेदवार छान्दै, कतै भोट माग्दै

आगामी मंसिर १४ मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलले उम्मेदवार सिफारिस कार्यलाई तीव्रता दिएका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार सिफारिस गर्न दिएको समयसिमा गत कात्तिक १० गते सकिएको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्न बिहीबार पदाधिकारी बैठक बोलाएको छ।

राष्ट्रिय जनता पार्टी नेपालले कात्तिक १३ सम्ममा ३–३ जना नाम सिफारिस गर्न माताहातको कमिटीलाई निर्देशन दिएको थियो भने बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले भने अझै नाम सिफारिस गरेको छैन। संघीय संसद्भित्रका जनमोर्चा, नेमकिपा मात्रै होइन, त्यसभन्दा बाहिरका साझा पार्टीलगायतले पनि धमाधम नाम सिफारिस गर्नेदेखि उम्मेदवारी घोषणासमेत गरिसकेका छन्।

प्रकाशित मिति: : 2019-10-31 17:51:23

प्रतिकृया दिनुहोस्