नयाँ कप्तान ज्ञानेन्द्र भन्छन्: पारसजस्तै लिडर बन्न सकूँ

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ-क्यानले पारस खड्काले कप्तानबाट राजिनामा दिएपछि उक्त पदमा मल्ललाई नियुक्त गरेको हो।

मल्ल विगत करिब एक दशकयता नेपाली टोलीको नियमित उपकप्तान थिए। लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकै समयमा पारसले कप्तान छाडेपछि मल्लले टोलीको नेतृत्व गर्ने बाटो खुलेको थियो। ज्ञानेन्द्रले पारसभन्दा २ वर्षपछि सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।

प्रकाशित मिति: : 2019-10-31 08:34:22

प्रतिकृया दिनुहोस्