कसरी बन्यो अमेरिकी डलर विश्वभर चल्ने मुद्रा?

तस्बिरः एजेन्सी

पछिल्लो समय अमेरिकी डलरको माग ह्वात्तै बढेको चर्चा चलिरहेको छ। त्यसको असर डलरको भाउमा देखिएको छ। अहिले दिनदिनै डलर बलियो हुँदै गएको छ जुन स्वभाविक हो। डलर विश्वभर चल्ने भएकाले पनि बलियो हुनुलाई स्वभाविक मानिन्छ।

बिबिसीका अनुसार अमेरिका र चीनको व्यापार युद्धका कारण पनि डलरको मूल्य थप बलियो भएको छ। अर्कोतिर अहिले भारतीय रुपैयाँ तथा चिनियाँ युआनको मूल्य घटिरहेको छ।

विश्वभरका केन्द्रीय बैंकले डलरको सञ्चय बढाइरहेकाले पनि माग बढिरहेको छ। यसैले गर्दा डलर बलियो हुँदै पनि गएको छ।

अमेरिकी डलर अमेरिकाको मुद्रामा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय मुद्रा बनिसकेको छ। अन्तर्राष्ट्रिय व्यापारमा डलर नै सबभन्दा बढी प्रयोग हुन्छ। प्रयोग मात्रै बढेको छैन यो अन्तर्राष्ट्रिय रुपमै स्वीकार्य पनि छ। विश्वभरी हुने विदेशी मुद्राको सञ्चिती ६४ प्रतिशत मुद्रा अमेरिकी डलर छ।

संसारको ८५ प्रतिशत व्यापार डलरमा हुन्छ। यस्तै अन्तर्राष्ट्रिय रुपमा दिइने ३९ प्रतिशत कर्जा डलरमा भुक्तानी हुने गरेको छ। अहिले पनि ६५ प्रतिशतभन्दा बढी अमेरिकी डलरको प्रयोग अमेरिकाभन्दा बाहिर हुने गरेको बताइन्छ।

प्रकाशित मिति: : 2019-10-30 16:45:37

प्रतिकृया दिनुहोस्