तिहारमा जुवातास : ९ दिनमा ३ करोड रुपैयाँसहित ३२९ जुवाडे पक्राउ

काठमाडौं – लक्ष्मीपूजाको दिन अर्थात् कात्तिक १० गते बिहान २ बजेको समयमा प्रहरीले बाँसबारीको एउटा घरबाट २५ जुवाडेलाई पक्राउ गर्‍यो ।

रातिको समयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ लगायत २५ जनालाई २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

लक्ष्मी पूजाको दिन प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई २ लाख ३७ हजार ५ सय रुपैयाँसहित पक्राउ गर्‍यो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका ३८ वर्षीय तीर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजुसहित ६ जनालाई ६३ हजार ३ सय ४२ रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।

गुल्मीको गुल्मीदरबार गाउँपालिका–७ गलामका लिलसिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङ्गा नगरपालिका–१२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जनालाई २ लाख ८२ हजार ४ सय २२ रुपैयाँसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: : 2019-10-30 16:29:03

प्रतिकृया दिनुहोस्