'गीतमा ‘देब्रे’ थिए, जीवनमा ईश्वर त दाहिना भए'

नेपाली लोक तथा दाहोरी क्षेत्रमा चिर्चत नाम हो खुमन अधिकारी। २०६३ सालबाट औपचारिक गायन यात्रा प्रारम्भ गरेका खुमनले हालसम्म ९ हजार हाराहारी गीतमा आवाज दिइसकेको बताउँदै आएका छन्।

२०६३ को प्रारम्भमा गीत ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीतमा पहिलो पटक स्वर दिएका खुमन पछिल्ला वर्ष लोक तथा दोहोरी क्षेत्रमा अत्याधिक रुचाइएका गायक हुन्।

बाल्यकालबाटनै गीत संगीत र लोक भाकासँग लुकामारी गर्दै हुर्कीएका खुमान सांस्कृतिक सिजन दसैं, तिहार तिज जस्ता पर्वमा झनै ब्यस्त हुन्छन्। उनले हरेक वर्ष थुप्रै तीज, दसैं र तिहार गीत बजारमा ल्याउने गरेका छन्। जुन गीत दर्शक स्रोताकालागि रोजाईका मनोरञ्जन सामग्री मध्यमा पर्छन्।

प्रकाशित मिति: : 2019-10-28 08:57:10

प्रतिकृया दिनुहोस्