विश्वभर किन बढ्दै छ राजनीतिक नेताप्रति आक्राेश?

हालै इराक, लेबनान, स्पेन र चिलीसम्म सार्वजनिक विरोध प्रर्दशन भएका छन्।

यी सबै प्रर्दशनका कारण र तरिका तथा लक्ष्य भए पनि समानता  पनि भेटिन्छ।

प्रदर्शन भएका आपसमा हजारौं माइल टाढा भए पनि आम मानिसका मागमा भने एकरुपता देखिन्छ। यसरी भएका प्रर्दशनहरुका केही मुद्दाहरु समान देखिन्छन्। 

असमानता
यी सबै स्थानका प्रर्दशनकारीहरुमध्ये अधिकांशलाई आफ्नै देशमा दोस्रो दर्जाको नागरिकका रुपमा रहनुपरेको लागेको छ। राज्यको सम्पत्तिबाट बाहिर गरिँदैछ भन्ने उनीहरूलाई लागेको छ। केही घटनाहरुमा देशको महत्वपूर्ण सेवाको बढोत्तरी हुँदा र आम मानिसको सहने सिमा क्रस गर्दा पनि यस्ता प्रर्दशन छन्। 

इक्वेडरमामा यही महिना भएको प्रर्दशन इन्धनमा दिँइदै आएको अनुदान कटौतीका विषयमा केन्द्रित थियो। त्यहाँको सरकारले अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)सँग एक सम्झौताका कारण इन्धनमा दशकदेखि दिँदै आएको अनुदान कटौती गर्नुपर्ने अवस्था सिर्जना भयो। यसको एक मात्र कारण सरकारी खर्च कटौती गर्नु थियो।

प्रकाशित मिति: : 2019-10-28 08:53:13

प्रतिकृया दिनुहोस्