महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने आर्मीका कुकुर

कुकुर जस्तो इमानदार र गुनी जनावर शायदै अरु होलान् । मानिसका नजिकको साथी र सहयोगीका रुपमा पनि कुकुरले आफ्नो परिचय स्थापित गरेको छ । पौराणिककालदेखि नै कुकुरको भूमिका अकाट्य र महत्वपूर्ण छ । कुकुरलाई विश्वास गरिन्छ र कुकुरले भरोसा तोड्दैन पनि ।

यहि भएर होला कुकुरलाई पूजा पनि गरिन्छ । तिहारका बेला कुकुरलाई विशेष रुपमा पूजिन्छ । कुकुर तिहार उनीहरुका लागि हिन्दु परम्परामा छुट्याइएको विशेष दिन । यस दिन यमराजको द्वारपालका रुपमा लिइने कुकुरको श्रद्धाका साथ पूजा हुन्छ । 

अधिकांश घरमा कुकुर हुन्छन् र नभए टोलमा त पक्कै । कुकुरलाई घर–टोलको रक्षकका रुपमा पनि लिइन्छ ।

उनीहरु रक्षक मात्रै होइनन् अनुसन्धानकर्ता र उद्धारकर्मी पनि हुन् । सुरक्षा निकायमा कुकुरको छुट्टै युनिट नै हुन्छ । प्रहरी तथा सेनामा कुकुरको दरबन्दी छ । नेपाली सेनामा पनि कुकुरहरु छन् र उनीहरुको भूमिका पनि छ ।

 

प्रकाशित मिति: : 2019-10-27 08:14:54

प्रतिकृया दिनुहोस्