अब सामाजिक सुरक्षा कोषले पनि कर्जा सुविधा दिने

पटकपटक म्याद थप्दा पनि अपेक्षित सङ्ख्यामा योगदानकर्ता आकर्षित नभएको भन्दै सामाजिक सुरक्षा कोषले सञ्चय कोष तथा नागरिक लगानी कोषजस्तै कर्जा सुविधा दिने प्रस्ताव गरेको छ।

गत साउन १ गतेदेखि लागु भएको सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निजीक्षेत्रका व्यवसाय एवम् सङ्घसंस्थाका कर्मचारीहरूलाई आह्वान गरिएको थियो। तर असार मसान्तसम्म तोकिएको म्यादमा धेरै कर्मचारी आबद्ध हुन नआएको भन्दै कोषले असोज मसान्तसम्म म्याद थपेको थियो। उक्त अवधिसम्म पनि उत्साहजनक सहभागिता नभएको पाइएपछि कोषले थप एक महिना म्याद थप्ने बताएको छ।

प्रकाशित मिति: : 2019-10-25 18:33:54

प्रतिकृया दिनुहोस्