सभापति बन्न शशांकको सक्रियता

शशांक

सात दशक बढी समय नेपाली कांग्रेसको मियो सम्हालेको कोइराला परिवार यति बेला मुख्य नेतृत्वमा छैन। पार्टीको बागडोर कोइराला परिवारबाट फुत्केसँगै पार्टी कमजोर भएको विश्लेषण कोइराला परिवारमा हुँदै आएको छ। यद्यपी, कोइराला परिवारका नेताहरु खुला रुपमा त्यसलाई सार्वजनिक गर्न भने हिच्किचाउँछन्। कांग्रेस स्थापनादेखि चालिसको दशकसम्म अनेक रुपमा यसको नेतृत्वमा संस्थापक नेता बिपी थिए।

बिपीको निधनपछि उनकै पदचाप पछ्याउँदै गिरिजाप्रसाद कोइराला नेतृत्वमा आए। २०३१ देखि २०४७ सम्म पार्टीको महामन्त्री भएका गिरिजा २०५३ देखि मृत्युपर्यन्तसम्म सभापतिका रुपमा रहे।

प्रकाशित मिति: : 2019-10-25 18:30:09

प्रतिकृया दिनुहोस्