बेथिति र उल्झनको चपेटामा स्वास्थ्य मन्त्रालय : अधिकांश कार्ययोजना कार्यान्वनयमा छैनन्

काठमाडौं ।  मुलुकको समग्र स्वास्थ्य क्षेत्रको नीति तर्जुमादेखि कार्यान्वयन गर्नेसम्मको जिम्मेवारी पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथिति नै बेथितीको चाङले थला परेको छ । मन्त्रालय नै बेथितिको सिकार हुन पुगेपछि नागरिकको स्वास्थ्य अवस्था कसरी राम्रो हुन सक्ला भन्ने प्रश्नसमेत उठेको छ ।
सरकारको कार्यविभाजन नियमावलीअनुसार स्वास्थ्य तथा जनसंख्यासम्बन्धी ३५ वटा महŒवपूर्ण जिम्मेवारी सम्हाल्ने दायित्व लिएको मन्त्रालयले अधिकांश जिम्मेवारीलाई बेवास्ता गरेको देखिएको छ । राजधानीले गरेको निगरानीमा स्वास्थ्य मन्त्रालय कार्यसम्पादनमा कमजोर देखिएको छ । कार्यविभाजनअनुसारको जिम्मेवारीलाई समेत पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय चुक्दै आएको छ ।

प्रकाशित मिति: : 2019-10-24 07:26:18

प्रतिकृया दिनुहोस्