आलोचना भएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमको नियमावली संशोधन गरिँदै

मंसिरदेखि चालु आवका आयोजना सुरु हुने, सदुपयोग होला ५ अर्ब?

काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका आयोजनाहरु आगामी मंसिरदेखि मात्रै सुरु गरिने भएको छ।  बेरोजगार युवाहरुलाई उत्पादनशील क्षेत्रमा लगाई कार्यक्रमलाई व्यवस्थित बनाउने भन्दै कार्यक्रमलाई आगामी मंसिरबाट सुरु गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो।

नेपालको संविधानको धारा ३३ बमोजिम नेपालीहरुको रोजगारीको हकहितलाई समेट्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले सार्वजनिक विकास निमार्णका कार्यहरुमा रोजगारीका अवसर सिर्जना गरी आगामी ५ वर्ष भित्रमा बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: : 2019-10-24 07:15:14

प्रतिकृया दिनुहोस्