भोकमरीको संकट हुने संयुक्त राष्ट्र संघको चेतावनी

संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदनले खपत हुनेभन्दा धेरै खाना उत्पादन गरे पनि सामाजिक असमानता, वातावरणीय क्षयीकरण, जलवायु परिवर्तन र युद्धका कारण भोकमरी हुने चेतावनी दिएको छ।

दशकौंसम्म ओरालो लागे पनि सन् २०१५ देखि विश्वभर भोकमरीबाट पीडितहरूको संख्या विस्तारै बढ्दै गएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन, युरोपेली आयोग र फ्रान्सको सिआइआरएडी कृषि अनुसन्धान केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2019-10-23 08:25:16

प्रतिकृया दिनुहोस्