चेन्नईमा सीलाई मोदीको आतिथ्य : रामायणको प्रस्तुति अवलोकनदेखि नरिवलको पानी पिउनेसम्म

चेन्नई- भारत भ्रमणका क्रममा चेन्नई आइपुगेका चीनका राष्ट्रपति सी चिनपिङले शुक्रबार स्थानीय सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरुको भ्रमण तथा अवलोकन गरेका छन्।

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै (वान टु वान) वार्ता भएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

सी र मोदीको भेटवार्ताका क्रममा दुई देशका सम्बन्ध, हिन्द-प्रशान्त क्षेत्र, सीमा विवाद, आतंकवाद, व्यापार असन्तुलनलगायतका विषयमा छलफल भएको बताइएको छ।

धार्मिक तथा संस्कृतिक महत्वका स्थलहरुको अवलोकन भ्रमणमा शुक्रबार राष्ट्रपति सीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै स्थानीय देवालयहरूको भ्रमणमा साथ दिए।

उनीहरूले पञ्चरथ, कृष्णको जीवनीसँग जोडेर हेरिने मख्खन पर्खाल, अर्जुनले तपस्या गरेको ठाउँ र शोर मन्दिरको भ्रमण गरेका हुन्। शोर मन्दिरमा उनीहरुको स्वागतार्थ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरियो।

प्रकाशित मिति: : 2019-10-12 07:22:58

प्रतिकृया दिनुहोस्