किन हुन्छ निद्रामा गडबडी ? चाडबाडमा रातदिन जुवातास खेल्ने र अल्कोहल लिँदा निम्तिने समस्या

हामीमध्ये कतिलाई राम्रोसँग निद्रा पर्दैन। मनमा कुरा खेलिरहन्छ। कसैलाई धेरै समय सुत्नुपर्छ भने कसैलाई थोरै समय सुत्दा पनि निद्रा पुग्छ। राति छिटो निद्रा खुल्ने, निद्रा खुलेपछि फेरि निदाउन नसकिने समस्या पनि हुन्छ। कहिले रातभरि, दिनभरि सुत्ने, कहिले सुत्दै नसुत्ने बानी पनि धेरैको हुनसक्छ। लामो समय निद्रामा समस्या भयो वा राति पूरा समय निदाउन सकिएन भने समस्या हुनसक्छ।

दसैँ–तिहार वा विवाह–ब्रतबन्धजस्ता कार्यक्रममा धेरै काम हुँदा निद्रा गडबडी हुन्छ। तर, दसैँ र तिहारमा हुने समस्या अलि भिन्नै हुन्छ। कामबाट छुट्टी मिल्छ, अफिस बिदा हुन्छ। दसैँँको समयमा त हो नि मनोरञ्जन लिने भनेर मानिसहरु लामो समय तास खेल्ने, मदिरा सेवन गर्ने, धेरै मासु, खाना खाने तर पूरा समय नसुत्ने गर्छन्। कति औषधि सेवन गरिरहेका मानिस यस्तै कुरामा व्यस्त हुँदा औषधि सेवन गर्न समेत बिर्सन्छन्। त्यसले पछि स्वास्थ्यमा समस्या ल्याउन सक्छ।

प्रकाशित मिति: : 2019-10-09 15:44:26

प्रतिकृया दिनुहोस्