नेताको दसैं : कोही जिल्लामा, कोही काठमाडौंमै

काठमाडौं।  दसैंको रमझम बढेको छ । संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ । कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दसैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् । सधैं राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता दसैंमा नेताकार्यकर्ता, सर्वसाधारणसँग भेटघाट गर्दै जनताका समस्या बुझ्ने योजनामा रहेका छन् । शीर्ष नेताहरू संघीय राजधानी छोडेर जिल्लामा पुगिसकेका छन् । जिल्लामा आयोजित शुभकामना कार्यक्रममा सहभागी उनीहरू आफूले गरेका कामको
जानकारीसमेत गराइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंको अवसरमा गृह जिल्ला झापामा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको छ । २० असोजमा झापामा आयोजित कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-05 07:06:31

प्रतिकृया दिनुहोस्