सत्तासीन नेकपाको 'गुरिल्ला' चरित्र

तस्बिरः नेपाललाईभ

सत्ता वैधानिक शक्ति र अधिकार प्रयोगको एक संमिश्रण हो। अहिले सत्तामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराजमान छ। झापा आन्दोलन र माओवादी आन्दोलनको इतिहास बोकेका दुई पार्टीको एकताबाट बनेको पार्टी नेकपासँग लडाकु चरित्र पनि यथावत छ। सत्ताको वैधानिक शक्तिका बावजुद सशस्त्र क्रान्तिताकाको लडाकु चरित्रबाट ग्रसित छ, सत्तासीन नेकपा। सत्तासीन नेकपाले राज्यसत्तामाथि उठेका प्रश्नको सम्बोधन नभई प्रतिरोधको अभ्यास गर्दै आएको छ।   

नेकपाको लडाकु चरित्रसम्बन्धी प्रहसन पछिल्लो समय चितवनमा प्रदर्शन भएको छ, भ्रष्टचारविरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेर। ज्ञानेन्द्र शाहीको प्रस्तुति आफैंमा सन्देहपूर्ण त छँदैछ, लोकतान्त्रिक राजनीतिक व्यवस्थामा निसन्देह प्रश्न सोध्न पाइन्छ, लोकतन्त्रको सौन्दर्य नै सत्तामाथिको प्रश्नमा टिकेको हुन्छ। तर, लोकतन्त्रमा कुनै उद्देश्य पवित्र भएर मात्र हुँदैन। विधि प्रक्रिया पनि उत्तिकै सभ्य र नियमसंगत हुनुपर्छ।

प्रकाशित मिति: : 2019-10-03 08:58:27

प्रतिकृया दिनुहोस्