राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीका नेताले टीका लगाइदिनु आफूलाई राजा वा दैवीअधिकार सम्पन्न ठान्ने सोच हो

रातोपाटी

दशैं, चाडपर्व र संस्कारहरुको सन्दर्भमा केन्द्रीत रहेर नेपाल समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईसँग रातोपाटीका लागि चन्द्र खाकी र टुना भट्टले गरेको कुराकानीको सम्पादित उतार ।


तपाईंको बुझाइमा दशैं,चाड पर्व संस्कृति र परम्परा भनेको के हो?मानवजातिसँग यसको सम्बन्ध र त्यसको महत्त्वके हो?

संस्कृति, संस्कार पर्वहरु भनेका ऐतिहासिक कालखण्डमा मानवजाति र समाजविकास सँगसँगै उत्पत्ति भएका चीजहरु हुन् । त्यसैले यो गतिशील र परिवर्तनशील हुन्छ । समय र सन्दर्भ सँगसँगै यसलाई परिमार्जन गर्दै लैजानु नै सही हुन्छ ।

यो किन कसरी भयो भन्दा मानव होमोसेपियन्स प्रजातिको नर बाँदर हुँदै क्रमशः एक डेढ लाख वर्षदेखि विकसित हुँदै यहाँसम्म आइपुगेको छ । यो जातिको विशेषता भनेकै यसको मस्तिष्क, सोच्न सक्ने क्षमतासँगसँगै ऊसँग यति धेरै संवेदना, आवेग, भावना जोडिएका हुन्छन् । त्यसले गर्दा उसको सौन्दर्यचेत, मनोवैज्ञानिक भावनात्मक प्रवाह आदि कारणले गर्दा यी साँस्कृतिक पर्वहरुले मानिस र समाजको अभिन्न अंग हुँदै जान्छ र खास खास कालखण्डका जाति र सम्प्रदायहरुसँग पनि जोडिएर तिनका रुपरंगहरु पनि बदलिँदै जान्छ ।

प्रकाशित मिति: : 2019-10-02 14:52:43

प्रतिकृया दिनुहोस्