निर्वाचन जितेपछि मैले के गरें?

तस्बिरः नेपाललाइभ

म निर्वाचनमा लड्दै गर्दा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई विशेष महत्व दिन्छु भनी आएको थिएँ। तर, मैले सोचे मुताबिक सहज रुपमा काम गर्न पाएको छैन। किनकि मेरा आफ्ना सीमितताहरु छन्। मैले सरकारलाई दबाब दिन सक्छु। प्रश्न गर्न सक्छु। मैले चाहेजस्तो हुन सकिरहेको छैन। सोचे मुताबिकै गर्न नसकिने अवस्था छ।

स्वास्थ्यमन्त्री हुँदै गर्दा मैले टुंग्याउन खोजेका कतिपय काम अहिले आएर त्यस समय हस्ताक्षर गर्न पाएको भए भन्ने लागेको छ। हिजो सरकारमा बस्दै गर्दा मैले आफैले देखेर भोगर आएको छु। सरकारको एउटा मात्रै निर्णयले सामान्य नागरिकले मासिक तीन हजारको औषधि खाने व्यक्तिले ५ सयदेखि हजार रुपैयाँ खर्चेर औषधि खान सक्छ। स्वास्थ्यमन्त्री भएर गरिएका निर्णय कार्यान्वयन भएको छैन। तिनै निर्णयलाई कार्यान्वयन गराउन लागिरहेको छु। मैले बनाएर आएका कानुनलाई कार्यान्वयन गर्ने मेरो पहल छ।

प्रकाशित मिति: : 2019-10-02 07:08:01

प्रतिकृया दिनुहोस्