विभाग भन्छ– दसैंमा टिकट नपाउने र ठगिने अवस्था छैन, यात्रुको चापअनुसार बस थप्छौं : व्यवसायी

तस्बिरः नेपाल न्यूज

काठमाडौं- अध्ययन वा विभिन्न पेसा व्यवसाय गर्न काठमाडौंमा अस्थायी बसोबास गर्नेको संख्या ठूलो छ। देशका अन्य सहरबाट गाउँ जाने र विदेश गएकाहरु समेत दसैं मान्न जन्मथलो जाने गरेका छन्। काठमाडौंबाट दसैं मनाउन आफ्नो गृहजिल्ला जानेको संख्या २० लाखभन्दा बढी रहेको बताउने गरिन्छ।  

यसको यकिन तथ्यांक भने न यातायात व्यवस्था विभागको संयन्त्रले राखेका छ न त ट्राफिक प्रहरीले नै। तथापि दसैंमा घर जानेको संख्या घटस्थापनादेखि उल्लेख्य रुपमा बढ्ने गरेको छ। सबैभन्दा धेरै यात्रु फूलपातीको दिन हुने यातायात व्यवसायीहरुको भनाइ छ।

प्रकाशित मिति: : 2019-10-01 15:35:04

प्रतिकृया दिनुहोस्