भारतले प्रतिबन्ध लगाएपछि व्यापारीले लुकाए प्याज

तस्बिरः अभियान

काठमाडौं । भारत सरकारले आइतवारदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । भारतले प्रतिबन्ध लगाएको भोलिपल्ट (सोमवार) काठमाडौंमा प्याजको थोक मूल्य १ दिनमा प्रतिकेजी रू. ३० बढेर रू. १२० पुग्यो । थोक मूल्य बढेसँगै प्याजको खुद्रा मूल्य बजारमा प्रतिकेजी १४०–१५० पुगेको छ । भारतमा प्याजको अभाव भएर मूल्य बढ्दै गएपछि त्यहाँकोे वाणिज्य तथा उद्योग मन्त्रालयले आइतवार निर्यात नीति संशोधन गरी निर्यातमा प्रतिबन्ध लगाएको हो । 

सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं कालिमाटीस्थित कालिमाटी तरकारी तथा फलपूmल केन्द्रमा अनुगमन गर्दा ३५० बोरा प्याज लुकाएको अवस्थामा पाइएको थियो ।  

प्रकाशित मिति: : 2019-10-01 07:09:54

प्रतिकृया दिनुहोस्