'... लाई भन्दा देख्नेलाई लाज' : खुला दिसामुक्त घोषणा भइरहँदा मध्य शहरको यो हाल

तस्बिरः पहिलोपोष्ट

दशैंमा भित्री शहरको रौनक नियाल्न असन, इन्द्रचोकको गल्लीतिर थियौं म र फोटो पत्रकार समर्थ रञ्जितकार।लुगा, मिठाइ, चङ्गा, मुर्ति, पूजाका सामाग्री लगायत सामानहरुले बजारमा बेग्लै रौनक छ। सडकमा सवारीको जाम छिचोलेर गल्लीभित्र पस्दा मान्छेको उस्तै जाम। कुरा गर्दै र फोटो लिँदै थियौं। दशैं नजिकिँदै गर्दा यस्ताखाले रिपोर्टिङमा एक किसिमको मजा पनि हुने गर्छ।

चिकंमुगलस्थित एक चङ्गा व्यापारीसँग कुरा गर्दै थियौं हामी। एक्कासी फोन बज्यो। फोन अफिसबाट रहेछ। 'कता हो? राष्ट्रिय सभा गृहमा नेपाल खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले जाँदैछन्। त्यतै जानु है। केही बोल्न सक्छन्।'

प्रकाशित मिति: : 2019-09-30 18:43:32

प्रतिकृया दिनुहोस्