अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमणका कारण हिँडडुलमा समस्या !

तस्बिरः बाह्रखरी

काठमाडौं । काठमाडौंमा अव्यवस्थित सवारीसाधन पार्किङ् र फुटपाथ अतिक्रमणका कारण सडक प्रयोगकर्तालाई हिँडडुल र किनमेल गर्न समस्या भएको छ । काठमाडौंको सबै सहरी क्षेत्रमा पार्किङ व्यवस्थित गर्ने जिम्मा काठमाडौं महानगरपालिकाको भए पनि यसतर्फ नगर प्रहरीले ध्यान नदिँदा जथाभावी पार्किङ बढेको हो ।

महानगरपालिका स्रोतले दसैं, तिहार आउँदै गरेको समय लक्षित गरेर नगर प्रहरीलाई थप सक्रिय पारेको बताए पनि सवारी साधन पार्किङ र फुटपाथ व्यवस्थित गर्न सकेको छैन ।
दसैंको समयमा पनि महानगरपालिकाले अव्यवस्थित सवारी पार्किङ उठाउनका लागि साविककै दुईवटा ट्रक र १४ जना नगर प्रहरी परिचालन गरेको छ ।

प्रकाशित मिति: : 2019-09-30 18:32:51

प्रतिकृया दिनुहोस्