दसैं आयो, चामल आएन

हिमाली गाउँपालिका २ कोटिबाट दूधे बालकसहित चामल किन्न हिमाली गाउँपालिका ४ कवाडी डिपोमा पुगेका महिला । तस्बिर : पदमबहादुर सिंह

बाजुरा : हिमाली गाउँपालिका २ कोटिगाउँकी ललिता बोहोरा १० महिनाकी छोरी बोकेर अघिल्लो साता चामल लिन कवाडी डिपो बिक्री केन्द्रमा आइन् । दूधे छोरी काखमा बोकेर दुई दिनको पैदल हिँडेर कवाडी बिक्री केन्द्रमा पुगेकी उनी चामल नपाएपछि निराशा भइन्। 'घरमा ठूलो मान्छे कोही छैन, श्रीमान वस्तुभाउ लिएर लेकतिर गएका छन्। बुढा सासू- ससुरा बालबच्चा गरी ९ जनाको परिवार छ,' उनले भनिन्, 'दसैं आयो त्यार (तिहार) मनाउँला भनेर गा‍उँको सहकारीबाट ब्याजमा ऋण काढेर चामल लिन आएकी हुँ, तर चामल नपाएपछि दु:ख लाग्यो।' उनले स्थानीय बजारबाट प्रति किलो ८५ रुपैयाँमा चामल किनेर घर जानु परेको गुनासो पोखिन्।

ललिता मात्र होइन। उनीसँगै गाउँबाट आएकी कोपीला बोहोरा पनि डेढ वर्षकफ छोरी बोकेर चामल लिन आइन् । उनको पीडा पनि ललिताकै जस्तै छ । घरका पुरुष जति कामका लागि भारत गएका छन् । गाउँमा भएका पनि वस्तुभाउ लिएर लेकतिर गएपछि महिला मात्र बालबालिका बोकेर चामल किन्न आएको हिमाली गाउँपालिका ३ का अध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।

प्रकाशित मिति: : 2019-09-29 16:52:21

प्रतिकृया दिनुहोस्