भक्तपुरमा राउटेले बनाएका काठका सामग्रीको प्रर्दशनी

तस्विरः शेखर चौलागाई / गोरखापत्र

भक्तपुर, असोज १० गते । राउटे समुदायले बनाएका काठका सामाग्री भक्तपुरको पाँच तले मन्दिर अगाडि प्रदर्शनीमा राखिएको छ । शुक्रवार र शनिवार दुई दिनसम्म चल्ने उक्त प्रर्दशनीमा राखिएका सामाग्री राउटे समुदायले एउटै हतियार बोसिलाले बनाएका हुन् । घरयासी प्रयोगमा आउने काठबाट निर्मित सानो गोलो पिर्का, बिर्को भएको कोशि ( हटकेश) सानो मधुस ( कन्तुर) , बाँकस, रोटी बेल्ने चकला, डाडु, पन्यु लगायतका सामाग्री प्रर्दशनीमा राखिएका हुन् । प्रति सामग्रीको मूल्य ८०० देखि चार हजार रूपियाँसम्म निर्धारण गरिएको छ । उक्त सामानमा फलामको किला प्रयोग गरिएको छैन् ।

दैलेखकको गुराँस गाउँपालिकाका प्रकाश कलियाल, शिवराज शाही, दीपक शाही र कलम शाहीले सिसौका काठबाट बनाएका विभिन्न हाते सामाग्री प्रदर्शनीमा राखिएको हुन् । मानवीय आस्था नेपाल र समाज विकास केन्द्र नामक संस्थाले उहाँहरुलाई भक्तपुरमा ल्याउनका लागि आवश्यक सहयोग गरेको मानवीय आस्था नेपालका परियोजना संयोजक जयराम वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: : 2019-09-28 06:41:02

प्रतिकृया दिनुहोस्