आइसिसी निलम्बन फुकुवाको सङ‍्घारमा नेपाली क्रिकेट

तस्बिरः नेपाल न्यूज

आन्तरिक विवाद, आर्थिक अपारदर्शिता, सुशासन अभाव, राजनीतिक हस्तक्षेप र आपसी शक्ति सङ‍्घर्षको चपेटामा पर्दा लामो समयदेखि अन्तर्राष्ट्रिय निलम्बनको बन्दी बनेको नेपाली क्रिकेट त्यसबाट मुक्त हुने सङ‍्घारमा पुगेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट सरकारी हस्तक्षेपको बहानामा निलम्बित नेपाली क्रिकेट आइसिसीकै रोडम्यापअनुसार निर्वाचन गराएर फुकुवाको बाटोमा अघि बढेको हो।

निर्वाचित नेपाल क्रिकेट संघ (क्यान), राष्ट्रिय खेकलुद परिषद (राखेप) तथा अन्य सबै सरोकारवालाको सहमतिमा आइसिसीद्वारा गठित स्वतन्त्र समूहले शुक्रबार र शनिबारलाई विशेष साधारणसभा बोलाएको छ। आइसिसीकै निर्देशनअनुसार कार्यसमितिको निर्वाचनका लागि यसअघि असोज ३ र ४ गतेका लागि बोलाइएको साधारणसभा राखेपको असहमतिका कारण सारिएको थियो।

प्रकाशित मिति: : 2019-09-26 16:04:07

प्रतिकृया दिनुहोस्