हाम्रो पुस्ताले दिने दिइसक्यौं, अब युवाको पालो

तस्बिरः अनलाइनखबर

हामीले वर्ल्ड क्रिकेट लिगमा जति पनि प्रतियोगिता खेल्यौं, त्यसमा नयाँ प्रयोग गर्ने अवसर नै पाएनौं । किनकी हरेक खेल जित्नैपर्ने दबाब हुन्थ्यो । त्यसैले हामीसँग भएको उत्कृष्ट टिमलाई खेलाउँथ्यौं । एकदिवसीय टिम भएपछि नयाँ क्रिकेटिङ साइकलमा प्रवेश गरेका छौं । त्यसको पूर्वसन्ध्यामा ओमान र सिंगापुर टूर पाएका छौं । ओमानको भ्रमण पहिल्यै तय भएको थियो तर, सिंगापुर टूर त एक महिना अगाडि मात्र पक्का भएको हो । यो टुर हाम्रा लागि युवा खेलाडीलाई अवसर दिने र राष्ट्रिय टिमको बेञ्च बलियो बनाउने अवसरका रुपमा लिएका छौं ।

हुन त हाम्रो राष्ट्रिय टिम आफैंमा युवा छ । म, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी १५/१६ वर्षदेखि खेल्दै आएको भए पनि अरु युवाहरु नै छन् । त्यसमा पनि यो टुरमा युवा खेलाडीहरुलाई अवसर दिन खोजेका हौं । अहिले बसन्त, शरदहरुलाई ड्रप गरेको होइन, युवा खेलाडीहरुलाई अवसर दिनका लागि मात्रै उनीहरुलाई रेस्ट दिएका हौं । शरद र बसन्तले नेपाल क्रिकेटका लागि गरेको योगदानमा कुनै शंका छैन । आजको दिनमा पनि उनीहरु महत्वपूर्ण सदस्य हुन् ।

 

प्रकाशित मिति: : 2019-09-25 19:05:36

प्रतिकृया दिनुहोस्