सोमबार, १५ डिसेम्बर २०२५

गायत्री साहले मेडिसिटीमा छाडेको बच्चाबारे अदालतको आदेश– 'वीर अस्पतालमा स्वास्थ्य जाँच गराउनू'

News Image
तस्बिरः लोकान्तर
• • •

असोज ८, २०७६

काठमाडौं – पूर्व सांसद गायत्री साहले मेडिसिटी अस्पतालमा जन्माएर छाडेको शिशुको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराएर मात्र डिस्चार्ज गर्न मिल्ने कि नमिल्ने यकिन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

शिशुमा 'डाउन्स सिन्ड्रोम' देखिएपछि साहले अस्पतालको कमजोरीका कारण त्यस्तो शिशु जन्मिएको भन्दै अहिलेसम्म घर लैजान मानेकी छैनन् । यद्यपि साह दिनहुँ दूध चुसाउन अस्पताल भने जाने गरेको देखिएको छ । झण्डै ६ महिना बित्न लाग्दापनि अभिभावक गायत्री साह (आमा) र राजेश महतो (बुवा) ले शिशु जिम्मा लिन नमानेपछि निज शिशुलाई डिस्चार्ज गर्ने अनुमति माग्दै मेडिसिटीका तर्फबाट अदालतमा रिट परेको थियो ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!