शुभजन्मोत्सवः ‘माधव प्रसाद घिमिरे’ कस्तो भयो राष्ट्रकविको १ सय १ वर्ष १ दिन?

तस्बिरहरु: सुलभ श्रेष्ठ

काठमाडौँ– विक्रम संवत १९७६ को असोज ७ बाट विक्रम संवत २०७६ को असोज ७ सम्म ‘एक सय १ वर्ष अनि एक दिन।’ राष्ट्रकवि माधवप्रसाद घिमिरको मंगलबार जन्मदिन हो। यो दिन खास त हुने नै भयो, किनकि ‘एक शताब्दी सुखले काटेर दोस्रो शताब्दी’ सुरु भएको छ।’ उनकै कान्छो छोरा राजीव घिमिरेको भाषामा भन्दा ‘आज नयाँ बच्चा जन्मिएर दैनिकी सुरु भएको दिन।’

राष्ट्रका गौरव घिमिरेको १०१ वर्षको पहिलो दिन कसरी सुरु भो ?

घिमिरे बिहान उठ्ने बित्तिकै झ्यालबाट बाहिर हेर्छन्। दिनहुँ बिहान ६ बजे उठ्ने घिमिरे झ्यालबाट के हेर्छन्, उनलाई मात्र थाहा छ। यो कहिले लामै समय हुन्छ, कहिले एकदमै छोटो। राजीव भन्छन्, ‘कविहरु कहाँ समयमा बाँधिन्छन् र ? त्यहाँ बस्दाबस्दै कहिलेकाहिँ साहित्य फुर्दो हो?’

प्रकाशित मिति: : 2019-09-25 00:13:42

प्रतिकृया दिनुहोस्