पत्रकारको योग्यता र पत्रकारिताको लाइसेन्स

तस्बिरः शिलापत्र

 गोकुल बाँस्कोटा सूचना तथा संचारमन्त्रीको आसनमा बसेपछि धेरै तरंगहरू देखापरे । मन्त्रीजीले मिडियासम्बन्धी कानुनमा आपूm अर्थात् सरकारअनुकूल संशोधन गरेर संसदीय स्वीकृतिका लागि राष्ट्रिय सभामा दर्ता गराए । सार्वजनिक र संसदीय दुवै तरिकाले मिडियाका सम्बन्धमा बहस र वादविवाद भयो । सहभागीहरूका बीच बाझाबाझ भयो । हडताल भयो । वार्ता भयो । त्यसपछि सबै कुरा सकियो ।

यसबीचमा पत्रकारको योग्यता र पत्रकारिताका लागि प्रमाणपत्रको कुरा उठाए सांसदहरूले । असल नियत । राम्रो कुरा । मान्नै पर्यो । नेपाली पत्रकारितामा योग्यता दीर्घ रोग भएको छ । पहिलेदेखि नै सरकारी र गैरसरकारी सेवाका उच्चपदस्थ अधिकारी, बौद्धिक समाज, भद्र भलादमी, नागरिक समाज, साहु महाजन र स्वयम् पत्रकारहरूले पनि पत्रकारको योग्यताको प्रश्न उठाउँदै आएका हुन् ।

प्रकाशित मिति: : 2019-09-23 18:48:20

प्रतिकृया दिनुहोस्