सी विचारधाराको प्रशिक्षणमा कांग्रेसको आपत्ति- सीपीसीको भ्रातृ संस्था बन्‍न लागेको हो नेकपा ?

तस्बिरः बाह्रखरी

काठमाडौं । सत्तारुढ दल नेकपाले चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारामा आधारित प्रशिक्षण लिन लागिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेसले सी विचारधाराको बारेमा सत्तारुढ दल नेकपाले प्रशिक्षण लिनु राष्ट्रिय हित विपरीत भएको भन्दै त्यसरी आपत्ति जनाएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी नेपाली मोडेलको नै नभएको र सो पार्टीबाट नेकपा दीक्षित हुन खोज्नु लोकतन्त्रविरोधी गतिविधि भएको समेत कांग्रेसले जनाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एउटा भ्रातृ संस्था बनाउन लागिएको टिप्पणी गरे । उनले नेपालमा स्थापना भएका पार्टीहरु नेपाली पार्टी हुन् भन्दै अर्को देशको पार्टीको आर्र्थिक तथा राजनीतिक प्रणाली हुबहु सिको गर्न खोजिनु अलोकतान्त्रिक र आपत्तिजनक हुने बताए । 

प्रकाशित मिति: : 2019-09-23 18:41:36

प्रतिकृया दिनुहोस्