सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन सकिदैन: महामन्त्री कोइराला

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्ता रहेको बताएका छन् ।

नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने बताए ।

सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टीले आगामी निर्वाचनमा विजयी हुने उनले दावी गरे।

महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रकाशित मिति: : 2019-09-23 14:50:36

प्रतिकृया दिनुहोस्