कागजमै सीमित ‘एक स्थानीय तह, एक हेलिप्याड’

तस्बिरः नेपाल न्यूज

सरकारले बजेटमै उल्लेख गरी ‘एक स्थानीय तह, एक हेलिप्याड’ निर्माण गर्ने घोषणा गरे पनि कार्यान्वयन भएको छैन। दुई वर्ष बितिसक्दा पनि योजना अगाडि नबढेकाले कागजमै सीमित भएको सरोकारवालाले जनाएका छन्। सरकारले ७ सय ५३ स्थानीय तहमा हेलिप्याड बनाउने लक्ष्य राखे पनि अहिलेसम्म एउटा पनि निर्माण हुन सकेको छैन।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म कुनै पनि स्थानीय निकायले हेलिप्याड निर्माणका लागि निवेदन दिएका छैनन्। दुई वर्षअघि बजेटमार्फत् हेलिप्याड कार्यक्रम ल्याइए पनि स्थानीय सरकारले चासो देखाएको पाइँदैन। उडड्यन क्षेत्रसँग सम्बन्धित प्राधिकरणले हेलिप्याड निर्माण गर्ने लक्ष्य राखेसँगै हेलिप्याड निर्माणसम्बन्धी कार्यविधि तयारी गरिसकेको छ। स्थानीय तहबाट प्रस्ताव नआएपछि प्राधिकरणले हेलिप्याड निर्माणलाई अगाडि नबढाएको प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बताए। समीक्षा र वार्षिक कार्यक्रममा बोल्दै महानिर्देशक पोखरेलले हेलिप्याड निर्माणमा प्राविधिक र सुरक्षासम्बन्धी जुनसुकै सहयोग गर्न सकिने बताए।

प्रकाशित मिति: : 2019-09-23 07:11:08

प्रतिकृया दिनुहोस्