तीस लाख खर्चेर तालिम लिएका सशस्त्रका गोताखोर जोगाउनै मुश्किल

तस्बिरः सेतोपाटी

सात वर्ष पहिला सशस्त्र प्रहरीका २५ जनाले गोताखोरको तालिम लिए। बंगलादेशको समुद्रमा उनीहरूले गोताखोरको तीन महिने आधारभूत तालिम गरेका थिए। तर अहिले सशस्त्र प्रहरीमा १९ जनामात्रै गोताखोर छन्। तालिम लिएका बाँकी ६ जनामध्ये १ जनाको स्वास्थ्यमा समस्या आएर मृत्यु भयो भने अन्य ५ जनाले जागिर छोडेका छन्

पछिल्ला सात वर्षमा सशस्त्र प्रहरीमा न गोताखोरका लागि उच्चस्तरको तालिम दिएको छ न त जनशक्ति नै बढाएको छ। बंगलादेशमा करेन्ट नभएको पानीमा तालिम लिएका सशस्त्र प्रहरीका गोताखोरका लागि नेपालको पहाडी भेगबाट बग्ने नदीमा काम गर्न कठिन भएको छ।

प्रकाशित मिति: : 2019-09-22 14:22:17

प्रतिकृया दिनुहोस्