'म्युनिख ओलम्पिकमा हामी बसेकै घरमा आतंकवादी हमला'

भक्तबहादुर सापकोटा। तस्बिरः सेतोपाटी

ओलम्पिकमा नेपाली

देशको इज्जत र प्रतिष्ठासँग जोडिने विश्व खेलकुदको 'कुम्भमेला' ओलम्पिकमा नेपालले १८औं संस्करणदेखि आफ्नो उपस्थिति जनायो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा 'चन्द्रसूर्य' फहराएको थियो। 

नेपाली खेलकुदको अन्तर्राष्ट्रिय सहभागिताको औपचारिक पहिलो पाइला मानिने टोकियो ओलम्पिकमा छ जना खेलाडी सहभागी थिए। एथ्लेटिक्सका गंगाबहादुर थापा र भूपेन्द्र सिलवालसहित चार बक्सरहरू नमसिंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भिमबहादुर थापा नेपाली खेलकुद इतिहासमा स्वर्ण अक्षरले लेखिएका नाम हुन्। पहिलो पटक ओलम्पिकमा सहभागी हुनु नै नेपालका लागि उपलब्धि थियो। त्यसमा खेलाडीको प्रदर्शन लेखाजोखा गर्नु उचित नहोला !  

प्रकाशित मिति: : 2019-09-20 07:23:52

प्रतिकृया दिनुहोस्