संसद बैठकका ६० दिन : ‘मेरो सरकार’बाट सुरु, ‘भूमाफिया’बाट अन्त्य

संविधान दिवसको पूर्वसन्ध्यामा विहीबार संघीय संसदको चौथो अधिवेशन अन्त्य भएको छ । गर्मागर्मी राष्ट्रिय बहससँगै सुरु भएर बहसमै टुंगिएको यो अधिवेशन संसदीय व्यवस्थाका अध्येताहरुका लागि एउटा महत्वपूर्ण सन्दर्भ सामाग्री बन्न सक्छ ।

नेपाली समाज चर्को ध्रुवीकरणतर्फ अघि बढिरहेका बेला कानून निर्माणको मुख्य थलोका रुपमा रहेको संसदभित्र सामाजिक सञ्जालमा जस्तै सघन बहसहरु भए । संसदलाई राष्ट्रपतिले सम्वोधन गर्दा प्रयोग भएको ‘मेरो सरकार’ पदावलीले संसदभित्र र बाहिर तातो बहस गराएको थियो । जबकि विहीबार अधिवेशनको समापन हुने दिन भएको भूमि सम्बन्धी ऐनमाथिको बहसमा कम्युनिष्ट सरकारले ‘भूमाफिया’ को सेवा गरेको विपक्षीहरुले आरोप लगाइरहेका थिए ।

प्रकाशित मिति: : 2019-09-19 21:24:04

प्रतिकृया दिनुहोस्